२०८२ माघ १० गते शनिवार

सुन तस्करीमा मेरो संलग्नताको प्रमाण देखाए अहिले नै पद छाड्छु ः अर्थमन्त्री महत

काठमाडौँ,साउन २८ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सुन प्रकरणमा आफ्नो संलग्नता देखिएको प्रमाण ल्याए पदमा नबस्ने बताएका छन् ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री महतले भने ‘यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र ? प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिनँ । अहिले नै पद छाड्छु ।’

आफूमाथि व्यर्थको लाञ्छना लगाएर अनावश्यक शंका गर्ने काम भएको उनले गुनासो गरे ।

‘मेरो दाइ र मेरो संस्कार छ । कसैलाई म मन पर्दैन, मलाई पनि मन नपर्न सक्छ,’ उनले भने, ‘म केटाकेटीदेखि नै एउटा संस्कारमा हुर्किएर आएको मान्छे हुँ । ममाथि व्यर्थको लाञ्छना लगाउने काम भयो । यो ममाथि भएको व्यक्तिगत प्रहार हो । ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो ।’

आफूले कुनै पनि विषयमा स्वार्थ नसाँधेको उनले बैठकमा सुनाए । ‘मैले लोभलालच राखेको भए मैले अरु अनेक गरेर लिन सक्थेँ । करका दरदेखि लिएर विगतमा कत्ति मन्त्रीहरुले स्वार्थ साँधेर गलत गरेका उदाहरणहरु छन् । तर मैले कुनै पनि विषयमा स्वार्थ साँधेको छैन । अनि यो सुनको विषय त मेरो कल्पनाभन्दा बाहिरको विषय हो,’ उनले भने ।

अर्थमन्त्री महत आफूमाथि सार्वजनिक टिप्पणीमा उत्रिएका सांसद सुनील शर्मामाथि खनिएका थिए ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *