२०८२ पुष ३० गते बुधवार

एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित


काठमाडौं, साउन २२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले आज सोमबारको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने भन्दै एमालेका सांसदहरुले बैठक अवरोध गरेका हुन् ।

यी माग राखेर पछिल्ला बैठकहरु एमालेका सांसदहरुले अवरोध गर्दे आएका छन् साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो ।

यही विषयलाई लिएर एमालेले संसद अवरोध गर्दै आइरहेको छ । सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन् ।

राष्ट्रिय सभाको बैठक सुरुहुनासाथ एमाले सांसदहरुले आ–आफ्नो सिटबाट उठेर विरोध गरेका थिए।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक एमाले सांसदहरुलाई बसेर बैठकको कारबाही अघि बढाउन आग्रह गरे ।

तर एमाले सांसदहरु उठिरहेपछि अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक बुधबार बस्नेगरी स्थगित गरेका छन् ।

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *