२०८३ भाद्र ३० गते मङ्गलवार

चितवन २ मा बिहान ११ बजेसम्म २३ प्रतिशत मत खस्यो

चितवन,बैशाख १० । चितवनमा क्षेत्र नं. २ मा आइतवार बिहान ११ बजेसम्म २३ प्रतिशत मतदान भएको छ।

जिल्ला निर्वाचन अधिकृत ईश्वर आचार्यले बिहान ११ बजेसम्म २३ प्रतिशत मतदान भइसकेको बताएका छन्।

चितवन २ मा ४३ मतदानस्थलका १३८ केन्द्रमा मतदान भइरहेको छ। चितवन २ मा १ लाख २४ हजार ६ सय ९५ जना मतदता छन्।

जसमा ६३ हजार २ सय ९१ महिला, ६१ हजार ४ सय ३ पुरुष र एक तेस्रो लिङ्गी छन्।

मतदान बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। अत्यधिक गर्मीका कारण मतदातालाई समस्या भइरहेको छ।

प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *