२०८२ चैत्र १ गते आइतवार

कोरोना संक्रमणपछि शेखर कोइराला अस्पताल भर्ना

काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ।

शनिबार बिहान परीक्षण गर्दा कोइरालालाई कोरोना संक्रमण देखिएको थियो। कोइरालालाई ज्वरो आउने र वान्ता हुनेजस्ता समस्या देखिएको थियो।

शनिबार बिहान करिब ५ बजेदेखि कोइराला बिरामी परेका थिए। कोइरालालाई ग्राण्डी अस्पतालमा उपचार गरिएको छ।

कोइरालालाई कोरोना संक्रमण देखिएको र अस्पतालमा उपचाररत रहेका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

कोइराला हालै मधेश प्रदेशका विभिन्न जिल्लामा आयोजित भेला तथा अन्तर्क्रियाहरूमा सहभागी भई काठमाडौं फर्केका थिए ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *