२०८२ बैशाख ११ गते बुधवार

काठमाण्डौ र धरानका मतदाताले दलहरुलाई प्रश्न खडा गरे ः प्रचण्ड

काठमाडौँ, जेठ १४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौ र धरानका मतदाताले दलहरुलाई प्रश्न खडा गरेको बताइका छन ।

संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले काठमाण्डौ र धरानमा स्वतन्त्रबाट चुनाव जितेकाहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र दुई फूल थपिएको बताए ।

उनले पालिका चुनावमा दुई जना स्वतन्त्र उम्मेदवारलाई जिताएर काठमाण्डौ र धरानका नागरिकले अरु दलहरुलाई प्रश्न खडा गरेको बताए ।

यो दलहरुका लागि झापड र चुनौती भन्दै भएको विश्लेषणमा प्रचण्डले त्यसो नभइ विशिष्ट पक्षको जित रहेको टिप्पणी गरे ।

उनले काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र धरान उपमहानगरका हर्क साम्पाङ राईलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

पालिका चुनावमा नागरिकको उत्साहपूर्ण सहभागिताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सुनिश्चितता प्रदान गरेको समेत बताए ।

संविधान कार्यान्वयन गर्ने दिशामा पालिका चुनाव निक्कै महत्त्वपूर्ण रहेको प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *