२०८१ मङ्सिर १७ गते सोमवार

रुपन्देहीका ६ पालिकाका जनप्रतिनिधिले लिए सपथ

बुटवल,जेठ ९ । रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ लिएका छन । पछिल्लो पटक नतिजा आएका ६ पालिकाका प्रमुख तथा अध्यक्षले सपथ लिएका हुन ।

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गांउपालिका, सम्मरीमाई गांउपालिका र गैंडहवा गांउपालिकामा नवनिर्वाचित प्रमुख–अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिएका छन ।

भैरहवाको बालमन्दिरमा सोमबार बिहान आयोजित एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृत धनसिंह महराले नवनिर्वाचित बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय,सैनामैना नगर प्रमुख फणिन्द्र शर्मा, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्विन खांन, मर्चवारी गांउपालिका अध्यक्ष गयाप्रसाद बरई,सम्मरीमाई गांउपालिका प्रमुख बिनोदकुमार श्रीवास्तव र गैंडहवा गांउपालिका प्रमुख सुरेन्द्र पौडेललाई सपथग्रहण गराउका हुन ।

उनीहरुले आजै आ–आफ्नो पालिकामा अन्य जनप्रतिनिधिलाइ सपथ गराउने कार्यक्रम समेत छ ।

उक्त कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत धनसिंह महराले सबैको सदभाव र सहयोगले निर्वाचनका दौरान रुपन्देहीमा कुनै अप्रिय घटना नभएको बताए । उनले निर्वाचनमा देखाएको उर्जा काममा पनि लगाउन आग्रह गरे ।

सो अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनतालाई केन्द्रमा राखेर कानूनमा रही काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

उनले जनताले अनुभुति गर्ने गरी भूमिका निर्वाह गर्न बताए। उनले राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार लगायतको सहयोगले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *