२०८३ असार २७ गते शनिवार

नेपालगञ्जमा काँग्रेसका मेयर उम्मेदवार बिष्टको छलांङ

दाङ, जेठ ३ । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट निकटतम प्रतिद्धन्दी ६३४१ मतले अगाडि पुगेका छन् । नेपालगञ्जमा गठबन्धन दलमध्य काँग्रेसले मेयर र जसपाले उपमेयरमा उम्मेदवार खडा गरेका छन् ।
सार्वजनिक पछिल्लो मत परिनाम अनुसार विष्टले १२००९ मत प्राप्त गरेका छन । हालसम्म नेकपा एमालेका पशुपतिदयाल मिश्रले ५६६८ मत प्राप्त गरेका छन् ।
मेयर पदका उम्मेदवार मध्य काँग्रेसका विष्ट र एमालेका मिश्रबीचको मतान्तर ६३४१ रहेको छ । त्यस्तै राप्रपाका नन्दलाल बैश्य ४८४२ मतका साथ मिश्रलाई पच्छ्याई रहेका छन् । विष्ट र बैश्य बीचको मतान्तर ७१६७ रहेको छ । टिकट नपाएपछि नेकपा माओबादी केन्द्र त्यागेर ब्यापारिक नेता बैश्य निर्वाचनको मुखमै राप्रपामा प्रबेश गरेका थिए ।
२०७४ सालमा नेपालगञ्जमा राप्रपाले मेयर जितेको थियो भने नेपाली काँग्रेसले उपमेयर जितेको थियो ।

यहाँ उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्धिन राई ९९८३ मतका साथ अग्रता लिइ रहेका छन् । उनलाई राप्रपाकी विन्दु चर्ती मगरले पच्छ्याइ रहेकी छिन । मगरले ६१४२ मत प्राप्त गरेकी छन् । जसपाकी राई राप्रपाकी मगर भन्दा ३८४१ मतले अगाडि रहेका छन् ।
सोही उपमेयरमा नेकपा एमालेकी शान्ति ढकालले ५३९३ मत प्राप्त गरेकी छन । नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, १९, २०, २१, २२ र २३ को मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *