गुल्मी,जेठ २ । नेकपा एमालेको गढ मानिएको गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रबहादुर कुँवर विजयी भएका छन ।
गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका कुँवरले ४ हजार ७ सय ७ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर केसीले ४ हजार ६ सय ९७ मत ल्याएका छन ।
उपाध्यक्षमा भने एमालेकी सरिता खड्का ४ हजार ५ सय ६७ मत ल्याएर विजयी भएकी छिन । माओवादी केन्द्रका बेगम चन्द बोहरा ४ हजार २ सय ११ मत ल्याएर पराजित भइन ।
मदाने गाउँपालिका नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको पालिका पनि हो ।
प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
