रुकुम पूर्व,जेठ २ । रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका कृष्ण रेग्मी विजयी भएका छन ।
रेग्मीले ३ हजार ७७९ मत ल्याएका छन । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दत्तबहादुर बस्नेतलाई ७९ मतान्तरले पछि पार्दै रेग्मी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
बस्नेतले ३ हजार ७०० मत प्राप्त गरेका छन भने गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेका गोपाल रेउले विजयी भएका छन । रेउलेले ३ हजार ७६१ मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आस्था बि।क।ले ३ हजार ४७४ मत प्राप्त गरेका छन ।
सिस्नेमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन रहेको थियो । २०७४ को पालिका चुनावमा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो ।
प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार