२०८१ माघ १३ गते आइतवार

जसपाका उम्मेदवार गुप्ताले शाहलाई समर्थन गर्ने

तुलसीपुर,बैशाख २७ । तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का जसपाबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका लक्ष्मी प्रसाद गुप्ताले गठबन्धनको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार विरेन्द्र कुमार शाहलाई समर्थन गर्ने भएका छन ।

उनले एक प्रेस विज्ञप्ती जारी गरी जसपा पाटीबाट वडा नं. ५को अध्यक्षको उम्मेदवार भएको र पार्टिको नितीअनुसार आफुले गठबन्धलाई सहयोग गर्ने बताएका हुन ।

गुप्ताले पाँच दलिय गठबन्धन भएकोले आफुले गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्ने प्रतिवद्धता जनाए । साथै उनले पाच दलिय गठबन्धका साझा उम्मेदवारहरुलाई विजय बनाउन वडाबासीहरुलाई अपिल समेत गरे ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *