२०८२ जेष्ठ ११ गते शुक्रवार

काँग्रेसले बिगतमा गरेका काम हेरेर मतदान गर्नुहोस

बाँके, बैशाख १९ । राप्ती सोनारीका नेपाली कांग्रेस उम्मेदवारहरुले पाँच बर्षमा कांग्रेसले गरेका कामहरुको उचित मूल्यांकन गरि मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।

अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेल र उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारुले यसअघि पनि कांग्रेसले नै जितेर जनताका पक्षमा धेरै उदाहरणिय कामहरु गरेको भन्दै ती कामको उचित मूल्यांकन गरेर मतदान गर्न आग्रह गरेका हुन ।

गाउँपालिकाको – ८ मा सोमबार गरिएको घरदैलोका क्रममा पौडेल र थारुले अपूरा कामहरुको निरन्तरता लागि आफूहरुलाई पुनः अनुमोदन गर्न आग्रह गरेका हुन ।

घरदैलोमा गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले राप्ती सोनारीको बृहत्तर हितका लागि पुनः कांग्रेसलाई नै रोज्न आग्रह गरिन ।

घरदैलोमा वडा अध्यक्षका उम्मेदवार नरेन्द्रविक्रम वली लगायत वडा सदस्यका उम्मेदवारहरु सहभागी थिए ।

राप्तीसोनारीमा यसअघिको स्थानीय निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जितेको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *