काठमाण्डौ,बैशाख १२ । यही वैशाख ३० गते हुने पालिका चुनावको लागि दिउँसो १२ बजेसम्म १६ हजार जनाभन्दा धेरैले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार १२ बजेसम्म १६ हजार पाँच सय ६८ जनाको उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
यसमध्ये मेयरको लागि सात सय ६८, उपमेयरको लागि तीन सय ८३, गाउँपालिका अध्यक्षको लागि ६ सय १४ जना, उपाध्यक्षको लागि तीन सय ३४ जना, वडा अध्यक्षको लागि चार हजार चार सय ३९ जना, महिला सदस्यको लागि दुई हजार पाँच सय ४१ जना, दलित महिला सदस्यको लागि दुई हजार ५९ जना र खुला सदस्यको लागि पाँच हजार चार सय ३० जनाको उम्मेदवारी परेको छ ।
मनोनयन दर्ता गराउने आज अन्तिम दिन हो ।
प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार