चेकजाँच गर्ने उपकरणको अभाव – दाङको टरिगाउँ एयरपोर्टमा सुरक्षाकर्मीले छामछुम पारेर यात्रुको सामान चेकजाँच गर्ने गर्छन । यात्रुको सामान चेक जाँच गर्नको लागि आवश्यक पर्ने आधुनिक उपकरणको अभावमा सुरक्षाकर्मीले यसरी काम चलाउ रुपमा चेकजाँच गर्दै आएका छन् । तर यो विधिले यात्रुलाई फेरि खोलिएको पोका पुन्तुरा मिलाउन झन्झटिलो हुने गर्छ । साथै सुरक्षाको दृष्टिकोणले पनि यो त्यति भरपर्दौ मानिदैन । तस्विर – राजेश खत्री ।
प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार