२०८१ असोज ५ गते शनिवार

अब परिवर्तनका पक्षधर नेतृत्व चुनौं

भुवन केसी,गंगादेब गाउँपालिका ६ रोल्पा ।

हिजो आज सामाजिक संजालमा नाटकै हो र नौटंकी नै हो, भन्ने शब्द अत्यन्तै  भाईरल भएको छ ।तर, देशमा भने निकै चुनौती बढेको छ र अहिले देश संकटपूर्ण स्थितिमा छ । कतै नारा जुलुस छ, त कतै उखान टुक्का छ ।

यो धेरैलाई जानकारी नै छ । अर्कौ कुरा यो छ कि हिजोआज यो देशमा के चलिरहेको छ ? मलाई त अचम्म लागि रहेको छ। कसैलाई को कता को हो ? भनेर छुटाउन कठिन छ 

कसैलाई प्रधानमन्त्रीको कदम असंवैधानिक भयो भनेर आन्दोलन गर्नमा ठिकै छ । कसैलाई भाषन गर्न र कसैलाई भाषन सुन्न ठिक्क छ । 

 कसैलाई उखान टुक्का बनाउनमै ठिक्क छ । मलाई त देशको यो हालत देख्दा दिक्क लाग् छ ।

त्यसैले यो देशमा चलिरहेको यस्ता कुराहरुलाई बिरोध गर्ने मन लाग्छ । कतिलाई यस्ता कुराहरू लेख्दा लाग्दो रहेछ ।  यो मान्छेले पनि राजनीति गर्छ । 

कुनै पार्टीको झोले रहेछ । यस्ता कुरा गर्दा मेरो मन दुख्छ ।  किनकि ,न म कुनै पार्टीको झोले कार्यकर्ता हुँ , न त मैले हाम्रो यो देशको यो राजनीति बुझेको नै छु ।

मैले त खाली देशमा घटेका घटनाक्रमलाई आफुले बुझेको आधारमा मनमा लागेका नराम्रा काम र कार्यहरू प्रति केही कुराहरू लेख्ने प्रयास गरेको मात्रै हो । 

अहिलेसम्म न त म कुनै पार्टीको झोले बनेको छु । न ,त भोलि कुनै पार्टीको झोले नै बन्ने छु । म एउटा विद्यार्थी अहिलेसम्म त पढदै छु । सके भने पढाई बाट नै केही गर्छु । नसके पडि खाडी मुलुक धाउनु पर्छ ।

अरु उपाय त के नै छ र ? हाम्रो नेपालमा । न त रोजगारका अवसर छन । न त अब अवसर सिर्जना हुने वाला नै छ।

 हाम्रो देशका युवाहरूले गर्न कार्य यही होइन र ? अहिले पार्टीको झन्डा बोकेर नारा जुलुस लगाउदै पछि पछि लागेका साथीहरुलाई मेरो एउटा सुझाव छ ।

 तिम्रो सपोर्ट गर्ने कुनै आफन्त , ठूला मान्छेहरुको साथ छ भने ठिकै छ ।  नत्र भने तिम्रो दिनपनि झोला बोकेरै जाने छ। 

हाम्रो देशमा बुद्धि बिकेकले राजनीति हुदैन । राजनीति गर्नेको लागि त पैसा अनि पावर चाहिन्छ ।

नेतृत्व गर्न बुद्धि विवेक ज्ञान्न होइन, अरुलाई आक्षेप लगाउन सक्नेहुनु पर्छ ।उनीहरुको झोले बनेर पछिपछी हिड्ने हुनुपर्छ ।त्यसो नगरेको भए हाम्रो देशको हालत अहिले यस्तो हुन्थ्यो ?

किन गर्छौ व्यर्थै साथीभाई संग मनमुटाब ? किन गर्छौ  ब्यर्थै घर गाउँ छिमेकमा कलह ।भोलि चाहिने भनेको तिमि अनि उनी होइन र ?

यो अहिले देशमा भइ रहेका गतिविधिहरु नौटकी जस्तै होइन र ?

घर घरमा कलह भएको छ । सडकमा आन्दोलन भएको छ। आफन्तहरु बीच मनमुटाव । एक अर्कौ बीच  भेदभाव भएको छ । 

यस्तो गर्दा हामीलाई केही फाईदा भएको छ र ? उनीहरुको त कमाउने ठाउँ छ । 

सत्तामा गएपछि जति भ्रष्टाचार गरेपनि हुन्छ । विचारा सोझा सिधा जनतालाई कोही कसैले हेरचाह गर्छ र ?

 त्यसैले उनीहरुको पछिछी लागेर दौडेर  केही  काम छ जस्तो लाग्दैन । भोलि हामी जनताहरुलाई दुःख पर्दा साथ दिने को छ र यहाँ ?  

मलाई जहाँसम्म लाग्छ कोही कसैले लुटन नपाएपछि देशमा  अहिले यस्तो अवस्थामा सिर्जना भएको हो ।

 ठाउँ ठाउँमा नारा जुलुस छ । हामी पनि उस्तै भेडा छौं । 

महाराजहरु आउने ठाउँहरुमा हाम्रो बाक्लो उपस्तिथि अनि भिडभाड छ। 

कसैलाई जटिल बिरामी लाग्यो भने सहयोग माग्दै गाउँ घर सहर बजार देश बिदेश धाउनुपर्छ ? तैपनि हाम्रो साथ उनी भ्रष्ट राजनेताहरु तिर छ। 

अस्ति भोट माग्न जाँदा नेताहरुले गरेको बाचाहरु कति पुरा गरे ? 

 भोलि फेरि देशमा यस्तै अवस्था सिर्जना हुन्छ । न अब देशमा कुनै बिकास हुन्छ । न जनताको समस्या समाधान हुन्छ ।

 हामी गरिबलाई जहिले पनि यस्तै दुख भोगि रहनु पर्छ ।

हिजो देशमा भएका त्यस्ता घटनाहरुलाई जनताहरुले भुले जस्तो छ । एकपटक सम्झ्नुहोस त निर्मला पन्त हत्या काण्ड, सम्झना बिक हत्या काण्ड ,ललिता निवास जग्गा काण्ड , नबराज हत्या काण्ड ,३३ किलो सुन काण्ड , बाईडबडी भ्रष्टाचार, सेक्युरिटी प्रेन्टिङ प्रेस खरिद काण्ड , मेलम्ची ठेक्का काण्ड । यस्ता काण्ड नै काण्ड भएको देशमा बिकास कहिले हुन्छ ?

यो त महाराजहरुले आफ्नो स्वार्थ पूरा गर्ने नाटक हो ।

देश बिकास गर्नलाई त नेपालमा अर्कौ पुस्ता जन्मनु पर्छ । युवाहरु को ध्यान  परिवर्तनशिल सोचमा हुनु पर्छ । 

आगामी दिनमा चुनाव भयो भने मेरो सबैलाई एउटा अनुरोध छ । हामी कसैले भोट नदिए के हुन्छ ? आजसम्म भोट दिएर के नै परिवर्तन भएको छ ? 

जनयुद्धको उदगम स्थल मानिने मेरो जिल्ला रोल्पामा हेर्नुहोस  त अहिलेसम्म कहाँ कहाँ के के परिवर्तन र बिकास भएको छ।

हाम्रो गाउँमा त अहिलेसम्म न त सडक पुगेको छ, न त अन्य कुनै बिकास । जनप्रतिनिधिका ब्यवहार र बोली सुन्न नसकिने छन् ।आरोप प्रत्यारोपण गर्न मै ठिक्क छ ।

त्यसैले  अब आगामी चुनावमा सबै होशियार हुनुपर्छ । रक्सि, मासु, पंैसामा बिकेर होइन ,परिवर्तन गर्ने सक्ने खालको नेतृत्व चुन्नु पर्छ । नत्र भने हामीले सधै भरी नाटकै हो । नौंटकी नै हो, भन्ने जस्ता  उखान टुक्का सुनेर बस्नु पर्ने हुन्छ ।

प्रकाशित मिति : २०७७ माघ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *