२०७७ कार्तिक ९ गते आइतवार

तुना छिनेपछि देखियो…

आज घोराहीको विपि चौकमा किनेको मेरो सत्ताइसौं मास्क हो । अस्ती विपि युवा परीषदका अध्यक्ष सरोज शाहले दिएको मास्क पुरानो भैसकेपछि त्यहिंको पशलमा पन्ध्र रुप्पेमा मैले मास्क किनेको थिएं ।

यस्तो कुरा पनि किन लेखेको भनेर तपाईहरुले मलाइ गालिगर्न सक्नुहुन्छ, तर पनि म बाध्य भएर लेख्दै छु, तपाइहरुको जानकारीकालागी । छिनेको मास्कको तुना हेरें, गमले चेप्टाइएको थियो । मास्कको तुना एक घण्टामै छिनेपछि देखियो मास्क उत्पादन कम्पनीको गुणस्तर…..। तर मास्क सप्लायसले न कम्पनीको नाम राखेका हुन्छन्, नत उत्पादित मास्कको मुल्यनै उल्लेख गरेका हुन्छन् । किनकि कोरोनाको संक्रमणपछि यी सवै कुरा छुटजस्तै छन् ।

लकडाउन सुरुहुंदैगर्दा मैले किनेको मास्क त्यसरी गमले अर्थात ग्लुस्टीकले डोरी चेप्टाएको हुन्थेन । अचेल त मास्क उद्योगलाइ भ्याइ नभ्याइ रहेछ , किनकि मास्क जतिपनि विक्रि हुन्छ, तुना सकेसम्म एक घण्टामै छिनोस्, अनि अर्को मास्क किनिहाल्छन् ।

किनकि सरकारले कोरोना संक्रमितको उपचार होइन, स्वाव परीक्षणगर्न समेत छाडेको छ । त्यसैले दुरसन्चारले पनि रिङटोनमा आफु बचौं र अरुलाइ बचाऔं भन्छ । किनकि सरकारले अव कोरोनाका विरामीलाइ बचाउन सक्ने छैन, मास्क र सेनीटाइजर लगाउन मात्रै सिकाउंछ ।

सुनिल शर्माले डायरी लेख्दैगर्दा एउटा स्टीच लाएको मास्क देखाए । ‘लगाउंदावित्तिकै छिन्छ दाइ, त्यसैले स्टीच लगाएर दुइतिन दिन टिकाउंछु ।’उनको मास्कको चारै कुनामा स्टीच लगाइएको थियो । कति वेइमान रहेछन् मेडिकल माफीयाहरु । किनकि उनीहरुलेनै सरकार चलाएका छन् । मास्कको तुना छिन्यो भनेर हामीले गुनासो गर्ने कुनै ठाउं छैन । सुन्ने कुनै सरकार पनि छैन । गाउपालिका, प्रदेश सरकार, संघिय सरकार नत स्थानिय प्रशासन ।

दुइमहिना अघि लकडाउनकै बीच पनि वाणिज्य कार्यालय नेपाललन्जका हाकिम साव आएर घोराहीका सर्जिकल हाउसमा एन ९५ मास्कको मुल्य अनुगमन गरेका थिए । अनि सोझै जरीमाना रसिद थमाएका थिए । तर दश रुप्पेको सर्जिकल मास्कको गुणस्तरमा उनले ध्यानै दिएनन् । तुलसीपुर उपमहानगरपालिकाका रेवा रावत पनि त्यसै टिममा थिइन् । उपभोक्ता अधिकारलाइ सुनिश्चित गर्दै सवै क्षेत्रमा अनुगमन गर्ने उनले त्यसैवेला सोनापुर सिमेन्टका सिइओ हरी पाठकलाइ चेतावनी समेत दिएकि थिइन् । तर आम सर्वसाधारणले दिनदिनै उपभोगगर्ने सर्जिकल मास्कको तुना किन ग्लुस्टीकले चेप्टाइन्छ? यो राज्यको कुन निकायले अनुगमन गर्ने हो ।

पाठकबृन्द, दशरुप्पेको मास्कको तुनाको किन इन्सल्ट गरेको भन्ने तपाइलाइ अधिकार छ । तर लगाउनेवित्तिकै मास्कको तुना छिन्यो भने, तपाइलाइ पनि चित्त दुख्छ होला । किनकि पैसा सवैले मेहनेतले कमाउने हो । एउटा गल्लीमा तरकारी बेच्ने महिलालाइ मास्क महंगो हुन्छ, किनकि उनले तीन किलो तरकारी वेचेपछि मात्र एउटा मास्क किन्ने मुनाफा आउंछ । तर यस्ता मास्क उत्पादन गर्ने माफियालाइ कारवाहि हुनुपर्ने होइन ।

भो अव कोरोना संग संबन्धित कुनै कुरा लेख्दीन भन्दा पनि मास्कको तुना छिनेको लेख्न मनलाग्यो । किनकि यो पनि एउटा माफिया तन्त्र हो । राज्यले भुमिका निर्वाह गर्नुपर्ने होइन र?

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *