दाङ, जेठ २४ ।
अछाममा जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुई जना घाइतेको उपचार जारी छ ।
तीन घाइते मध्य जिल्लाको कमलबजार नगरपालिका – ७ का ३४ बर्षीय कर्ण भाटको उपचारका क्रममा मध्यराति जिल्ला अस्पताल मंगलसेनमा मृत्यु जिल्ला प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए ।
दुर्घटनामा परि कर्णका छोरा १३ बर्षीय मीनबहादुर भाट र सोही ठाउँका ३० बर्षीय बद्री भाट घाइते छन् । घाइते दुबै जनालाई जिल्ला अस्पतालको उपचार पछि थप उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत रिफर गरि उपचार भइ रहेको छ । डिएसपी खनालका अनुसार चालकले मापसे गरि गाडी चलाएका थिए । उनले हाम फालेर ज्यान जोगाएका थिए ।
मंगलसेनदेखि कवालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जीप शनिबार राति ९ बजेतिर कवालेखस्थित भित्री कच्ची सडक खण्डमा दुर्घटनामा परेको थियो ।,
जिप सडकदेखि झन्डै दुई सय मिटर मुनी खसेको थियो ।
जिल्लाको तुर्माखाँद गाउँपालिका – ३ का २६ बर्षीय पुष्प बुढा आइतबार बिहान ५ बजेतिर पक्राउ परेका थिए ।
