२०८३ असार १४ गते आइतवार

सहज यातायातकालागी त्रिसिदेश्वरीको निर्देशन

फाइल तस्बिर : तस्बिर : राजेश खत्री

तुलसीपुर, साउन ८ । यातायात क्षेत्रमा देखिएको यात्रुमैत्री व्यावहार नभएको सन्दर्भमा विभिन्न सन्चार माध्यममा आएका समाचारलाइ ध्यानाकर्षण गर्दै त्रिसिदेश्वरी राप्ती यातायात सेवा प्रालिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो प्रालिका प्रशासनिक संयोजक नारायण न्यौपाने र प्रालिका कार्यालय सचिव मानकुमार रानाले संयुक्त विज्ञप्ती जारी गर्दै सहज यातायातका विषयमा कुनैपनि संझौता स्वीकार्य नहुने भन्दै विद्धमान यातायात कानुनमा चल्न आफ्नो माताहतका यातायात व्यवसायीहरुलाइ आहवान गरेको छ ।

सो प्रालिले जारी गरेको विज्ञप्तीमा असुरक्षित यातायात सेवालाइ पुर्णरुपमा निषेध गर्न भनिएको छ । मुनाफाका लागी भन्दा यात्रु सेवाका लागी प्रतिस्पर्धा गर्न पनि विज्ञप्तीमा भनिएको छ । त्यसैगरी ज्येष्ठ नागरीक, महिला आरक्षण सिट, अपांग सिट लगायतका आरक्षण कोटा लागुगर्न पनि प्रालिले सवै समाहित व्यवासयीहरुलाइ ध्यानाकर्षण गराएको छ । साथै कुनैपनि विधानमा नभएको डेलि छुटको व्यवस्था तत्काल खारेज गर्न पनि सवै यातायात व्यवसायीलाइ आग्रह गरेको छ साथै यातायात सेवामा आरक्षण सिट नभएको अवस्थामा पनि नावालक, अशक्त नागरीक र ज्येष्ठ नागरीकलाइ विशेष महत्व दिइ सुरक्षित यातायात सेवा दिन पनि विज्ञप्तीमा भनिएको छ ।

साथै प्रालिले जारी गरेको पहिलो विज्ञप्तीमा तिब्रगतिमा गाडि नचलाउन र अनावस्यक रुपमा यात्रु बोकेको गाडि कुनै स्थानमा तोकिएको समयभन्दा बढि नरोक्न पनि आहवान गरीएको छ । ओभरटेकको अवस्था हाम्रो प्रालिलाइ मान्य छैन, यस्तो अवस्थामा भएको दुर्घटनामा यातायात व्यवसायी र सवारी चालकले आफै जिम्मेवारी हुनुपर्ने छ । जवर्जस्त सेवा भन्दा पनि हामीहरु यात्रुमैत्री यातायात सेवामा विश्वास राख्छौं, विज्ञप्तीमा भनिएको छ । नेपाल सरकारले निर्दिष्ट गरे वमोजिम आफुहरु पनि प्रालिमा समाहित भएको भन्दै विज्ञप्तीमा नेपाल सरकारले तोकेको निति नियमको पालनाका अलावा प्रलिको गरीमा बढाउन पनि हाम्रा समस्त यातायात व्यावसायीहरुको साथ र सहयोगको अपेक्षा गरेका छौं, विज्ञप्तीमा भनिएको छ । साथै विज्ञप्तीमा प्रालिको निति र नियमलाइ पुर्ण रुपमा पालना गर्न आग्रह गरीएको छ । अन्यथा प्रालिको विधान अनुरुप कारवाहि समेत गरीने विज्ञप्तीमा जनाएको छ ।

जिल्लामा सवैभन्दा बढि यातायात सेवा प्रवाह गर्ने तात्कालिन राप्ती अन्चल सार्वजनिक यातायात व्यवसायी समिति साउन १ गतेदेखि त्रिसिदेश्वरी राप्ती यातायात सेवा प्रालिका रुपमा यातायात सेवा प्रदान गर्दै आएको छ । सोहि प्रालिकै पहलमा बुधवार जिल्लामा सन्चालन भएको यातायात सेवाका विषयमा स्वतन्त्र अनुगमन समेत भएको थियो । अनुगमन प्रतिवेदन र समाचारहरुमा जिल्लाका यातायात सेवा यात्रुमैत्री नभएका समाचारहरु प्रकाशित भएका थिए । तेइस किमिको दुरीमा रहेको घोराही—तुलसीपुर सडकमा सार्वजनिक यातायात सेवा लिन कम्तिमा डेढ घण्टा लाग्ने अवस्था देखिएको छ भने आरक्षण सिटको र आरक्षितलाइ सवारी भाडामा छुट दिएको अवस्था पनि छैन । सरकारी जागिरेलाइ डेली छुट दिन तयार यातायात व्यवसायीहरुले ज्ेष्ट नागरीकहरुलाइ छुट दिने गरेका छैनन् ।

यसैबीच त्रिशिदेश्वरी राप्ती यातायात सेवा प्रालिले सहज यातायतकालागी आफ्ना यातायात व्यवसायी, संबन्धित काउण्टरका कर्मचारी र सवै साखाका भोलेन्टियरलाइ समेत सहय यातायात सेवाकालागी निर्देशन दिएको छ । प्रालिका सचिव मानकुमार रानाले सवै निकायलाइ निर्देशन दिइसकेको बताउंदै सहज यातायात सेवाकालागी त्रिसिदेश्वरी राप्ती प्रालि सहजीकरण गर्न समेत तयार रहेको बताए । साथै सहज यातायात सेवा नभएको अवस्थामा प्रालिका पदाधिकारी एवं संवन्धित काउण्टरमा गुनासो गर्न पनि उनले आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २०७६ साउन ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *