२०८२ बैशाख ११ गते बुधवार

हरिपौरामा यसै शैक्षिक सत्रदेखि वहुप्राविधिक शिक्षालय सञ्चालन हुँदै 

तुलसीपुर,साउन ७ । तुलसीपरमा बहुप्राविधिक शिक्षालयको कक्षा सञ्चालन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले त्यो सञ्चालन गर्न लागेको हो । शिक्षालयका लागि तुलसीपुर १२ हरिपौरीमा भवन निर्माण समेत भइसकेको छ ।

यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालनका लागि उपमहानगरपालिकाले तयारी गरेको शिक्षा समिति संयोजक देवराज विकले वताए । उनले ३ वर्षे वन विज्ञानका लागि भर्ना कार्यक्रम अगाडि वढाइने पनि वताए । पहिलो वर्षमा ४० जना विद्यार्थी भर्नाका लागि आह्वान गरिने उनले जानकारी दिए । कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को १ सय ६९ औं बैठकले अनुमति प्रदान गरिसकेको छ ।

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा स्थापना गर्नका लागि उपमहानगरपालिकाले वहुप्राविधिक शिक्षालय सञ्चालनको अवधारण अगाडि वढाएको थियो । नगरप्रमुख घनश्याम पाण्डेले पहिलो वर्ष एउटा मात्रै विषय सञ्चालन गरेको भएपनि आगामी दिनमा थप विषय अध्यापन गराइने वताए ।

यसैविच शिक्षा, युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार जीवन गौतमले शिक्षालयका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले शिक्षालयलाई थप कार्यक्रम सञ्चालनका लागि मन्त्रालयको तर्फबाट समन्वय गर्ने वताएका छन् ।

प्रकाशित मिति : २०७६ साउन ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *