Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छानविन समितिको कार्यसैली उपयुक्त छैन – प्रधानमन्त्री ओली



काठमान्डौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा भएको अनियमितताको छानबिन सम्बन्धमा गठन भएको समितिको कार्यशैली उपयुक्त नभएको स्पष्ट पारेका छन् ।

प्रतिष्ठानको तेस्रो सभा बैठकलाई मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यो कुरा बताएका हुन । प्रतिष्ठानमा भएको भनिएको अनियमितताका विषयमा सरकारले जेठ ३० गते एक समिति गठन गरेको थियो।

समितिको हवाला दिँदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका थिए।

प्रधानमन्त्री ओलीले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताए।

‘समितिले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाए जस्तो छ’, प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘यो प्रतिवेदन हो कि राजनीति हो? समितिमा हुने सदस्यहरू छानबिन गर्ने कि राजनीति गर्न जानु भएको? जिम्मेवारी लिनेहरूले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ।’

प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनीयतामा प्रश्न उठेको बताए। प्रधानमन्त्री ओलीले भने,’–‘प्रतिवेदन कुलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिएको छ तर त्यस्तो दबाबमा म पर्दिनँ। सत्यतथ्य बुझेर मात्र अघि बढ्छु।’

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal