२०८३ बैशाख ८ गते मङ्गलवार

आगलागीबाट घाइते मायाको काठमाडौंमा उपचारका क्रममा मृत्यु

दाङ, बैशाख ८ ।
आगलागी परि घाइते दुई दिदी बहिनी र छोरा मध्य दिदीको उपचारका क्रममा काठमाठौंमा मृत्यु भएको छ ।
जाजरकोट नलगाड–२ छेप्काकी ४२ बर्षीया माया जैसी, मायाकी ३७ बर्षीया बहिनी रुपा जैसी र मायाका छोरा २२ बर्षीय गणेश गौतम चैत २९ गते गम्भीर जलनमा परेका थिए ।
ती मध्य मायाको सोमबार बेलुकी सवा ८ बजेतिर उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको जाजरकोटका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जानकारी दिए । आफन्तले मंगलबार बिहान मात्रै जैसीको मृत्यु बारे प्रहरीलाई सूचना दिएको नेपालीले बताए । दुई घाइतेको काठमाडौमा उपचार जारी छ ।

चैत २९ गते बिहान घरमै खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भइ भएको आगजनीमा परि मृतक मायाकी बहिनी ३७ बर्षीया रुपा जैसी र मायाका छोरा २२ बर्षीय गणेश गौतम जलनमा परेका थिए । घाइते मध्य दुई बहिनीको अवस्था गम्भीर थियो भने गणेशको अवस्था मध्य थियो । प्रहरीले घाइते तीनै जनालाई उद्धार गरि नलगाड नगरअस्पताल दल्लीमा पुर्‍याृको थियो ।
सोही दिन दिउँसो २ बजेतिर नेपाली सेनाको हेलिकोप्टरले घाइते तीनै जनालाई बाँकेको नेपालगंजमा पुर्‍याएको थियो । चैत २९ गते दिउँसो नै नेपालगंजबाट तीनै जना घाइतेलाई थप उपचारका लागि प्लेन मार्फत काठमाडौं पुर्‍याइएको थियो ।
चैत २९ गते राति ९ बजेतिर बर्ण सेन्टर किर्तिपुरमा उपचारका लागि लगिएको थियो । दुई बहिनीलाई आइसियूमा र छोरा गणेशलाई नर्मल वार्डमा राखेर उपचार भइ रहेको थियो । ती मध्य मायाको सोमबार बेलुकी सवा ८ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक नेपालीले बताए ।
प्रहरी निरीक्षक नेपालीका अनुसार ग्यास लिक भइ कोठामा भरिएको समयमा त्यो थाहाँ नपाइ मायाले लाइटर बालेपछि आगलागी भएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *