२०८३ असार १४ गते आइतवार

जंगली च्याउ खाँदा ३ जना विरामी


दाङ,साउन ५ । जंगलवाट ल्याएको च्याउ खाँदा आइतवार घोराहीमा तीन जना विरामी भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १७ भैंसाही निवासी ६८ बर्षीया दुर्गा रेग्मी, उनको ३१ बर्षीय छोरा जिवराज रेग्मी र २० बर्षीया छोरी संगिता रेग्मी जंगली च्याउ खाँदा विरामी भएका छन् ।

विरामी मध्य आमा छोराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए । प्रहरीका अनुसार छोरीको अवस्था भने मध्य रहेको छ । उनीहरु सबैलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछि थप उपचारको लागि बाँके जिल्लास्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।

उनीहरुले आइतवार दिउँसो ३ बजेतिर जंगली च्याउ खाएका थिए । च्याउ खाएको केही बेरमै विरामी भएका उनीहरुलाई तत्काल अस्पताल पु¥याइएको थियो । जिल्लामा उपचार संभव नभएपछि थप उपचारको लागि ५ बजेतिर कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *