
काठमाडौं – साउन ४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाको नतिजा साउन तेश्रो सातासम्म सार्वजनिक हुने बताएको छ । बोर्डले कक्षा १२ को परिक्षा २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म संचालन गरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु भैसकेको बताएको छ । कक्षा १२ को सबै बिषयको एकैपटक नतिजा सार्वजनिक हुने बोर्डले बताएको छ ।
प्रकाशित मिति : २०७६ साउन ४ गते शनिवार
