२०८३ साउन २४ गते आइतवार

नरैनापुरमा गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित मतदाता


नरैनापुर, फागुन १६ । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले नरैनापुर गाउँपालिकाका सबै वडाको घरदैलो पूरा गरेका छन ।


सबै वडाका अधिकांश वस्तीहरु पुगेका गौडेलप्रति मतदाताहरुले उत्साहित प्रतिक्रिया दिएको छन । सादगी, इमान्दार र भुइँमान्छेको रुपमा पहिचान गराएका गौडेलप्रति मतदाताहरु आकर्षित छन ।


क्षेत्रीय सभापति पोषण केसीका अनुसार नरैनापुरमा काँग्रेसप्रतिको उत्साह बढेको छ । ‘करिव एक दशकपछि यहाँका मतदाताहरुले आफ्नै रुख चिन्हमा मत हाल्दैछन्,’ केसीले भने ‘बदलिएको काँग्रेसप्रतिको भरोसाले पनि मतदाताहरुलाई उत्साहित तुल्याएको छ ।’

नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन । पूर्वाधारका हिसावले नरैनापुर सुधार हुँदै गएको छ । शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवाको पहुँच पनि तुलनात्मक रुपमा सुधार भएको छ ।

‘पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा मानिसहरुको पहुँच बढ्दै गएको भएपनि गुणस्तरियताको पहुँच अझै पुग्न नसकेको हुँदा आँफु निर्वाचित भए त्यसमा ध्यान केन्द्रित गर्ने उम्मेदवार गौडेलले बताए ।

गौडेलले भने–‘यी सबै समस्यालाई काँग्रेसले नीति बनाएर सम्वोधन गर्छ । त्यो भरोसा हामीले नरैनापुरबासीलाई गराएका छौं । मतदाताहरुले यो पटक काँग्रेसलाई जिताउनु पर्छ भन्नुभएको छ ।’

काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले नरैनापुर क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषी लगायतका सवालमा आफू उम्मेदवार नहुँदा पनि पार्टीले एजेण्डा बनाएर काम गरेको बताए । उनले पार्टी सभापतिको हैसियतले थुप्रै पटक नरैनापुरको किसानका समस्या बोकेर सम्वन्धित ठाउँमा पुगेको गौडेलले बताए ।


नरैनापुरबासीले भोग्दै आएका ती समस्या संसदमा मुद्दा सशक्त रुपमा उठाउनका निमित्त आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

गौडेलले नरैनापुर गाउँपालिकामा मालपोत कार्यालय र छोटी भन्सार कार्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्ने प्रतिवद्धता पनि जनाएका छन ।

प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *