२०८३ भाद्र १० गते बुधवार

खानेपानीको ट्याङकी भत्काउनेलाई कारवाहीको माग


दाङ, ३ साउन । बबई गाउँपालिका–५ जलुकेमा निर्माण गरिएको खानेपानी ट्याङकी भत्काउनेलाई स्थानीयले कारवार्हीको माग गरेका छन । स्थानीय गाउँले करिव ४० घरपरिवारले निर्माण गरेको खानेपानी ट्याङकी खयरबट्टी र सिमगैरावाट आएको व्यक्तिहरुले रातको समयमा भत्काएको भन्दै जलुकेवासीले कारवार्हीका माग गरेका छन ।

खयरबट्टी र सिमगैरावाट विहिवार राती २५–३० जनाको समूहमा आएको टोलीले आफुले खादै आएको खानेपानीको ट्याङकीको माथिल्लो भाग भत्काएको स्थानीय बलबहादुर बुढाले जानकारी दिए । ‘स्थानीय ४०–४५ घरपरिवारले खानको लागि निर्माण गरेको खानेपानी ट्याङ्की रातमा आएर भत्काउने काम भएको छ’,स्थानीय बुढाले भने,‘खानेपानीको ट्याङ्की भत्काउनेलाई कडा भन्दा कडा कारवार्ही हुनुपर्छ ।’

ट्याङ्की भत्काउनेलाई स्थानीयको सहयोगमा रातको समयमा घट्ना स्थलवाटै इलाका प्रहरी कार्यालय हापुरेले पक्राउ गरेपनि कारवार्ही नगरेर छोड्ने प्रयास गरेको पूर्ण केसीले बताए । ‘स्थानीयको माग खानेपानी भत्काउनेलाई कारवार्ही गर्नुपर्छ भन्ने छ’,केसीले भने,‘प्रहरीले भने कारवार्ही गर्न भन्दा छोडन लागेको छ ।’ त्यस्तै स्थानीय एक महिना पहिले सोही खानेपानी ट्याङकीमा बिस हाल्ने व्यक्तिहरुलाई अहिलेसम्म पक्राउ गर्न नसकेको समेत बताएका छन । करिव एक महिना पहिले सोही ट्याङकीमा अज्ञात व्यक्तिले विष हालेका थिए ।

प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *