दाङ, पुस २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा बरिष्ठ नेता शेखर कोइराला पनि सहभागी भएका छन् ।
महामन्त्रीद्धय गगन थापा र बिश्वप्रकाश शर्माले आह्वानमा भृकुटीमण्डपमा विशेष महाधिवेशन नेतृत्व चयन गर्ने दिशामा बढेपछि सभापति देउवाले आफूनिकटलाई छलफलका लागि बोलाएका थिए ।
त्यो छलफलमा नेता कोइरालापनि आफू निकट नेताहरुका साथ महाराजगन्ज पुगेका छन् । कोइराला संगै सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डे, मिनेन्द्र रिजाल लगायत नेताहरूपनि महाराजगन्ज पुगेका छन् ।
स्रोतका अनुसार सभापति देउवाले छलफलमा कानुन व्यवसायीलाई पनि परामर्षका लागि बोलाएका छन् ।
बिहान मात्रै नेता शेखर कोइरालाले पनि आफूनिकट नेताहरुका साथै कानुन व्यवसायीलाई बोलाएर छलफल गरेका थिए।
भृकुटीमण्डपको विशेष महाधिवेशको सोमबारको बन्द सत्र मार्फत सभापति देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस भइ सकेको छ ।