२०८२ मङ्सिर २३ गते मङ्गलवार

निर्वाचन पछि मात्र अधिबेशन : गेहेन्द्र गिरि


दाङ,कात्तिक २० । नेपाली काङ्ग्रेसमा केन्द्रिय सदस्य गेहेन्द्र गिरीले फागुन २१ गते तोकिएको आम निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएकोले निर्वाचनपछि मात्र पार्टीको अधिबेशन गर्नुपर्ने बताएका छन ।

अहिले मुख्य आवस्यकता निर्वाचनमा पार्टीलाई विजयी गराउनु रहेकोले विशेष महाधिवेसन निर्वाचन पछि मात्र गर्नुपर्ने उनको धारणा छ।

“अहिले विशेष महाधिवेशनको आवस्यक्ता छैन”गिरिले भने ।

नेपाली कोग्रेसको काठ‌माण्डौमा जारी केन्द्रीय समितीको बैठक‌मा विहिवार धारणा राख्दै गिरीले विशेष महाधिवेसनको व्यवस्था पार्टीको विधानमा भएपनि त्यसको खाका स्पस्ट नभएको बताए ।

विशेष महाधिबेसन तल देखि केन्द्रीय स्तरसम्म गर्नेकी नेतृत्व परिवर्तनका लागि मात्र? त्यो स्पस्ट छैन,गिरीले भने ।

त्यसैले अहिले निर्वाचनमै सबैले ध्यान दिनुपर्ने उनको धारणा थियो।

पार्टीका महामन्त्री र सह-महामन्त्री दुबैले महाधिवेशनका लागि तयार गरेको खाकामा मध्यमार्गि बाटो खोज्नुपर्ने उनले बताए ।

दुबैलाइ पाच्य हुने साझा बाटो खोजौँ,उनले भने। त्यसो गर्दा फागुन पछि महाधिवेसन गर्न सकिन्छ ।

अहिले नै महाधिबेसन गर्नका लागि सक्रिय सदस्यहरूको सदस्यतता टुङ्गो नलागिसकेकोले हतार‌मा महाधिबेसन गर्दा सबैको सहभागीता नहुने र पार्टीप्रति राम्रो सन्देश नजाने उनको धार‌णा थियो।

नेता गिरीले आफुले भनेजस्तो मध्यमार्गि बाटो अपनाई महाधिबेस‌नमा गए जेनजेहरु समेतको सहभागिता बढ्ने बताउँदै त्यस उमेर समुह‌कालाई तत्काल सदस्यता बितरण कार्य आघि बढाउनु पर्ने बताए ।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *