तुलसीपुर , असोज ३१ । तुलसीपुरको राना गाउँवाट प्रहरीले सात जुवाडे पक्राउ गरेको छ ।
पक्राउ गरिएका व्यक्तिहरुमा तुलसीपुर –३ दमारगाउँका ५८ बर्षीय कुबेर रेउले, ३२ बर्षीय डम्मरराज वली, २८ बर्षीय सन्दिप सुनार, २४ बर्षीय मनिष चन्द, ३२ बर्षीय टिकाराम केसी, ३२ बर्षीय अरुणकुमार चन्द र ३६ बर्षीय अजय गिरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार उनीहरुको साथबाट नगद ६६,५६० रुपैयाँ बरामद भएको जानकारी दिएका छन् ।
पौने १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. –३ दमारगाउँस्थित कुबेर रेउलेको घरमा छापा हानेर प्रहरीले जुवा खेली रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएका सबैलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आज उनीहरुलाई म्याद थपका लागि घोराहीस्थित जिल्ला अदालत लगिने भएको छ ।
घोराहीस्थित राप्ती सुपुर लजमा जुवा खेली रहेका ११ जनालाई बिहीबार मध्य राति छापा हानेर पक्राउ गरेको थियो । उनीहरुको साथबाट झन्डै दुई लाख रकम बरामद भएको प्रहरीले जानकारी दिएको थियो ।

