२०८३ असार २८ गते आइतवार

बाढी र पहिरोबाट २७ जनाको मृत्यु


काठमान्डौं, असार २८ । तीन दिनदेखिको अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा गरि २७ जनाको मृत्यु भएको छ। थप १५ जना बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ ।

अविरल वर्षातसँगै खसेको पहिरोले घर पुरिएर भोजपुरमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको चोन्ताङ निवासी कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको घटनास्थलमै मृत्यु भएको हो।

घरमा बसिरहेका आमा, छोरालाई शनिबार बिहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिपछि मृत्यु भएको थियो । नेपाल प्रहरीले बाढी र पहिलोमा परेर बेपत्ता १५ जनाको खोजी भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *