काठमाडौं,भदौ ३० । राष्ट्रपति कार्यालय शीतल निवासमा आज प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त तीन मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थ मन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा मन्त्री कुलमान घिसिङलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथग्रहण समारोह शीतल निवास परिसरमा विशेष टेन्टमुनी सम्पन्न भएको हो।
प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
