आज यमपञ्चकको दोश्रो दिन अर्थात कुकुर तिहार कुकुर पुजा गरेर मनाइदैछ ।
कुकुरलाई यमदूतको रुपमा मान्ने शास्त्रीय परम्परा छ । कात्तिक कृष्ण चतुर्दशीका दिन दिन कुकुरलाई मन पर्ने खाना खुवाएर पूजा गरी माला लगाइदिने प्रचलन छ ।
खासगरी कुकुरले घरको रेखदेख गर्ने विश्वास गरिन्छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरले प्राकृतिक विपत्तिको पूर्वसंकेत दिने विश्वास गरिनुका साथै यसलार्इ भैरवको बाहन पनि भनिन्छ।
प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार