२०८३ असार १३ गते शनिवार

एसइई पुरक परीक्षा भदौ १ गतेदेखि संचालन हुने (तालिका सहित)

काठमान्डौं, असार २२ । एसइईको पूरक तथा ग्रेड वृद्धिको परीक्षाको मिति सरेको छ। यसअघि साउन २२ र २३ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । सार्वजनिक गरिएको नयाँ तालिका अनुसार भदौ १ गते अनिवार्य अंग्रेजी र वेद विद्याश्रमका तर्फबाट संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुने छ ।

त्यस्तै भदौ २ गते सोमबार अनिवार्य नेपालीको हुने परिक्षा निर्धारण गरिएको छ भने सोही दिन गैर नेपाली विद्यार्थीका लागि अंग्रेजी विषयको परीक्षापनि हुनेछ । भदौ ३ गते अनिवार्य गणित, भदौ ४ गते अनिवार्य विज्ञान, र त्यही दिन वेद विद्याश्रमबाट अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परिक्षा हुने तालिका सार्वजनिक गरिएको छ ।

यस्तै, भदौ ५ गते अनिवार्य सामाजिक, भदौ ६ गते अनिवार्य स्वास्थ, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने भएको छ । त्यसैगरी सोही दिन वेदविद्याश्रमका तर्फबाट अनिवार्य कर्मकाण्ड वा अनिवार्य फलित ज्योतिष र प्रविधिकतर्फका परीक्षा हुने गरि तालिका सार्वजनिक गरिएको छ । भदौ ७ गते ऐच्छिक प्रथमका सबै विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा तोकिएको छ ।

त्यसैगरी भदौ ९, १०, ११ गते तीनै दिन प्राविधिक विषयका परीक्षा रहेका छन्। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

प्रकाशित मिति : २०७६ असार २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *