२०८३ असार १३ गते शनिवार

भारतको विरोध पछि तरकारीको विषादी परिक्षण रोकियो


काठमान्डौं, असार २० । नेपाल सरकारले भारतबाट आउने तरकारीको विषादी परिक्षण कार्य स्थगन गर्ने निर्णय गरेको छ। नाकामा नेपालले भारतवाट आउने तरकारीमा विषादी परिक्षण गर्न थालेपछि भारतले त्यसको विरोध गरेको थियो । त्यही भएर विषादी परिक्षण गर्ने निर्णय तत्काललाई बन्द हुन पुगेको छ ।

तर सरकारले भने आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएको हुँदा पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरिएको बताएको छ ।

यसअघि काठमाडौंस्थित भारतीय राजदूतावासले सरकारका उच्च अधिकारीलाई चिठी पठाएर भारतीय तरकारी र फलफूलमा भइरहेको विषादी चेकजाँचबारे चासो व्यक्त गरेको थियो। सरकारले असार पहिलो सातादेखि भारतीय फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो।

गुणस्तरहीन वस्तुको आयात रोक्ने उद्देश्यले सरकारले गरेको यो नीतिगत व्यवस्थाको कार्यान्वयनमा भने आउन सकेन ।
हाल कालिमाटी र सर्लाहीको हरिवनमा मात्रै हाल फलफूल तथा तरकारीको विषादी परीक्षण हुँदै आएको छ ।

भन्सारहरुमा विषादी परीक्षणको उपकरण नहुँदा आयातकर्तालाई काठमाडौं पुगेर नमुना परीक्षण गराएर लैजानु पर्ने बाध्यता कायमै छ ।

प्रकाशित मिति : २०७६ असार २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *