तुलसीपुर, चैत १० । राजपुर गाउँपालिका – ६ गंदीखोला २८ बर्षीय दीपक पुन ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
उनी घोराही उपमहानगरपालिका – १७ का कटुवा खोला नजिक बाट शुक्रबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसी चक्रबहादुर शाहीले जानकारी दिएका छन् ।
पुनको साथबाट २ ग्राम १६० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ ।
कटुवा खोला क्षेत्रमा आगुऔषधको कारोबार भइ रहेको भन्ने सुराकको आधारमा पुगेको प्रहरीले पुनलाई पक्राउ गरेको थियो । पुन माथि थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार