२०८३ भाद्र ११ गते बिहिवार

शिक्षकले पाएनन् एक वर्षसम्म तलब


प्रेम पुन
बबई (दाङ), १२ असार ।
दाङको एक सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले एक वर्षदेखि तलब पाएका छैनन् । पश्चिम दाङको बबई गाउँपालिका वडा नम्बर ७ मा रहेको देउती माध्यमिक विद्यालय तल्लो मलईमा कार्यरत निजी तहका ६ जना शिक्षकले एक वर्षदेखि शिक्षकको तलब सुविधा नपाएका त्यहाँका शिक्षकहरुले बताएका छन् ।

चौमासिक रुपमा उपलव्ध गराउनु पर्ने तलव एक वर्षसम्म पनि नपाउँदा निजी शिक्षकहरु समस्यामा परेका छन् । निजी शिक्षकहरुको तलव व्यवस्थापनमा कसैले ध्यान नदिएको विद्यालयका शिक्षक कुशल डाँगीले बताए । विद्यालयमा तलब माग्दा विद्यालय प्रशासन र व्यवस्थापन समितिले विद्यालयको कोषमा आर्थिक अभाव कारण देखाउँदै आएको छ, डाँगीले भने काम विद्यालयमा गर्ने तलब खाना कहाँ जानु पर्ने हो ।

विद्यालयमा ईमान्दारी र लगनशील भएर अध्यापन गर्दै आएका छौँ उनले भने, हामी निजी शिक्षकहरुको समस्या समाधानमा कसैले चासो देखाएन । विद्यालय प्रशासन र व्यवस्थापन समितिले तलबको व्यवस्था गर्न नसकेकाले स्थानीय सरकारलाई गुहार माग्दासमेत स्थानीय सरकारले पनि कुनै चासो नदेखाएको निजी शिक्षकहरु बताउँछन् ।

स्थानीय सरकारको आशा राखेका शिक्षकहरु निराशामा परिणत भएका छन् । निजी शिक्षकहरुले तलबको व्यवस्था मिलाईदिन अनुरोध गर्दै बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल समक्ष ज्ञापनपत्रसमेत बुझाएका थिए । विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले निजी शिक्षकलाई तलबको उपलब्ध गराउन नसकेको विद्यालयका प्रधानाध्यापक रत्न केसीले बताए ।

निजी शिक्षकलाई तलब व्यवस्था गर्न नसकेकोमा आफू पनि दुःखी भएको बताउँदै विद्यालयको कुनै पनि आयस्रोत नभएकाले यस्तो समस्या देखापरेको प्रधानाध्यापक केसीको भनाइ छ ।

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस
  1. Dev raj says:

    Kina nadeko sabai sichek lai dinu parcha 1 year samma nadiya ghar kasari chalaune piliz chito bhanna chito dinu Pryo sarkhar g piliz piliz kina asto bhacha bhannu paryo

Leave a Reply

Your email address will not be published. Required fields are marked *