२०८२ असार ३० गते मङ्गलवार

रुपन्देहीले महिला पत्रकारलाई दश हजार सुत्केरी भत्ता दिने निर्णय


बुटवल, माघ १७ । नेपाल पत्रकार महासंघ रूपन्देहीले महिला पत्रकारलाई सुत्केरी भत्ता उपलब्ध गराउने भएको छ ।

बुधबारको बैठकले पत्रकार महिला सुत्केरी भएको अवस्थामा दश हजार रूपैयाँ सुत्केरी भत्ता स्वरूप उपलब्ध गराउने निर्णय गरेको सचिव सिपी खनालले जानकारी दिए ।

रुपन्देही शाखाले प्रदान गर्ने दश हजार रकममध्ये पाँच हजार आमा तथा शिशुको पोषण र स्वास्थ्यमा खर्च गर्न पाइनेछ भने बाँकी पाँच हजार नवजात शिशुको नाममा बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरिएको महासंघका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए।

नवजात शिशुको नाममा जम्मा गरिने रकम पुरूष पत्रकारका शिशुको नाममासमेत खाता खोली उपलब्ध गराइने भएको छ ।
महासंघले अबको तीन वर्षको अवधिमा कम्तिमा ३० लाख रूपैयाँको लेखनवृत्ति कोष स्थापना गरी पत्रकारको क्षमता विकासमा लाग्ने योजना बनाएको छ ।

रुपन्देही शाखाले माघ १५ र १६ गतेको कार्ययोजना निर्माण बैठकले पत्रकारको क्षमता विकास, आर्थिक सशक्तीकरण तथा सञ्चार गृहहरूलाई आर्थिक रूपमा बलियो बनाउन विभिन्न योजनाहरू अघि सारेको छ।

महासंघले सन २०२५ लाई आधार मानेर तत्कालीन र दीर्घकालीन योजनाहरू अघि सारेको छ।


महासंघको कल्याणकारी कोषलाई वृद्धि गरेर ४० लाख रूपैयाँभन्दा बढी पु¥याउने, लेखनवृत्ति सञ्चालनका लागि ३० लाखभन्दा बढीको कोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *