२०८३ असार ७ गते आइतवार

दाङमा २४ घन्टामा ७५.४ मिलिमिटर बर्षा


दाङ, असार ८ । दाङमा वितेको २४ घन्टामा ७५.४ मिलिमिटर बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयले बर्षा सोमवार बेलुका सम्म जारी रहने जानकारी दिएको छ । फिल्ड कार्यालय प्रमुख राजकुमार मिश्राले आइतवार राति भारी बर्षा हुने संभावना औंल्याए ।

छिटफुट बर्षा भने सोमवार बेलुका सम्म नै जारी रहने मिश्राले जानकारी दिए । तर अहिलेको यो वर्षा मंगलवारदेखि हट्ने मिश्राले अनुमान गरे । यसैबीच आइतवार दाङको अधिकतम तापक्रम २३ डिग्री सेलसियस र न्यूनतम तापक्रम २२.५ डिग्री रहेको छ । बेलुका साढे ५ बजेको बायुको सापेक्षित आद्रता सतप्रतिसत रहेको कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै विहानको बायुको तापक्रम २२.६ डिग्री सेलसिय र हावामा सापेक्षित आद्रता ९६ प्रतिसत रहेको थियो ।

प्रकाशित मिति : २०७६ असार ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *