२०८२ असार २४ गते बुधवार

बलात्कार मुद्दामा १२ बर्ष कैद तोकिएका प्रतिबादी पक्राउ

दाङ, पुस ९ । बलात्कार मुद्दामा १२ बर्ष कैद सजाय तोकिएका एक जना फरार प्रतिबादीलाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ ।


कपिलबस्तुको बुद्धभूमी नगरपालिका – ९ का टमाटर भनिने लालबहादुर यादब पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।


इलाका प्रहरी कार्यालय गोरुसिंहेवाट खटिएको प्रहरीले यादबलाई सोमबार पक्राउ गरेको थियो । पक्राउ परेका यादबलाई सोमबार नै जिल्ला अदालतमा पेश गरिएको थियो ।

अदालतको आदेशले उनलाई सोमबार नै कारागार चलान गरिएको थियो । जिल्ला अदालतले २०८०÷०९÷२५ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै १२ बर्ष कैदको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *