२०८१ मङ्सिर १९ गते बुधवार

रोल्पाबाट तुलसीपुर आउँदै गरेको जीप दुर्घटना १० जना घाइते


दाङ, असोज २३ । रोल्पाबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा दश जना यात्रु घाइते भएका छन् ।

घाइते हुनेहरु सबै सुकिदह गाउँपालिका – ४ का हुन ।


जिज्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार सुकिदह – ४ पाखापानीका ७० बर्षीय, भरतबहादुर वली, बर्ष १८ का लोकेन्द्र खत्री, बर्ष ३४ का तिलक केसी, १३ बर्षकी लक्ष्मी केसी, बर्ष ३९ की रुपा केसी घाइते भएका छन् ।


त्यस्तै सोही ठाउँका बर्ष १२ का नबीन केसी, बर्ष ९ का मोहन केसी, बर्ष ३७ का दिपक खत्री, बर्ष २६ का भुपाल खत्री र २३ बर्षकी निर्मला वली घाइते भएका छन् । जीप चालकसहित कुल १२ जना सवार थिए । गाडी साहु र चालक प्रहरी नियन्त्रणमा छन् ।

उकालो चढ्न नसकेर जीप ब्याक हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते मध्य एक जनाको खुट्टा फ्याक्चर भएपनि अन्यको अवस्था सामान्ने रहेका तथा अधिकाँसलाई दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका लागि पठाइएको प्रहरी निरीक्षक शाहीले बताए ।

जिल्लाको त्रिवेणी गाउँपालिका – ३ तिखन भिरस्थित भित्री सडक खण्डमा बेसारेबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु १ ज २३८६ नम्बरको यात्रु बहाक जीप शुक्रबार दिउँसो साढे २ बजेतिर दुर्घटनामा परेको थियो ।
दुर्घटनाबारे अनुसन्धान जारी रहेको शाहीले बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *