तुलसीपुर, असोज २२ । दाङको लमहीमा तीन नाल भरुवा बन्दुक र गोलीसहित एक जना पक्राउ परेका छन् ।
लमही नगरपालिका – ३ बनगाउँको हरियाली टोलका ४० बर्षीय गणेश कुमाल बिहीबार बिहान पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले बताए ।
वडा प्रहरी कार्यालय लमहीका प्रमखु प्रहरी निरीक्षक प्रकाश भुसालको कमाण्डमा बिषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कुमालको घर खानतलासी गर्ने क्रममा तीन नाल भरुवा बन्दुक फेला पारेको थियो ।
कुमालले प्रहरी समक्ष तत्कालिन समय आँफु नेकपा माओबादीमा लाग्दा ती बन्दुक र गोलीहरु घरमा ल्याइ राखेको वयान गरेका छन् ।
प्रहरीले एउटा बन्दुकको काठको बट, एउटा फलामको पाइप, ११९ ग्राम ३६० मिलिग्राम बारुद, अर्कौ छुट्टै बट्टामा ९२ ग्राम ८७० मिलिग्राम बारुद, १३५ वटा छर्रा, ठूलो गोली २९ वटा, १८ वटा केप, रोल केप रोल ४ वटा र सुतीको लत्ता लगाएतका सामाग्री बरामद भएको बताएको छ । उनी माथि थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।