दाङ, कात्तिक १४ । गुडिरहेको फोर्स गाडीमा आँफै आगो लाग्दा जलेर ध्वस्त भएको छ ।
बाँकेको नेपालगञ्जवाट रुकुम पश्चिमको चौफा तर्फ जाँदै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडीमा बेलुकी ६ बजेतिर सल्यानको चारखोला नजिकै आँफै आगलागी भइ जलेर ध्वस्त भएको हो ।
थारमारे दार्मा जोड्ने सडक खण्ड अन्तरगत बागचौर नगरपालिका – १ चारखोला नजिकै आँफै गुडिरहेको गाडीमा आगो लागेको र यात्रुका सामानसहित गाडीपनि जलेर पूर्ण रुपमा ध्वस्त भएको सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले फरककोणलाई बताए ।
आगलागी कारण थाहाँ हुन नसकेपनि वाइरिङ सर्ट भइ आगलागी भ्एको आशंका गरिएको छ ।
गाडीमा सवार २९ जना सबै सकुशल छन् ।
आगलागी पछि सबै यात्रु सकुशल निस्कन सफल भएका थिए । तर, यात्रुका सबै सामान र गाडी भने जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
