२०८३ असोज २५ गते आइतवार

कार दुर्घटनाका घाइते तुलसीपुरका कर्णबहादुर थापाको मृत्यु

पूर्णबहादुर खत्रीको उपचार जारी

तुलसीपुर, कात्तिक १४ । तुलसीपुरवाट अमेलिया तर्फ जाँदै गरेको कार भञ्ज्याङको मोडवाट खस्दा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – ६ का ४५ बर्षीय कर्णबहादुर थापालाई लमही अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन ।


कारमा सवार मध्य तुलसीपुर – ७ झुमरेका ३३ बर्षीय पूर्णबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनको पनि लमही अस्पतालमा उपचार भइ रहेको छ ।


राप्ती राजमार्ग अन्तरगत तुलसीपुरवाट अमेलिया तर्फ जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार लमही नगरपालिका – ९ स्थित भञ्ज्याङको अम्राई खोला नजिकबाट बुधबार बिहान ११ ः ५५ बजेतिर कार खसेको थियो ।


इलाका प्रहरी कार्यालय अमेलियावाट प्रहरी निरीक्षक भवानीप्रशाद धमलाले आँफुहरु घटनास्थलमा समयमै पुगेर उद्धार गरेको भएपनि एम्बुलेन्स नपाएर तुलसीपुरवाट मगाउनु पर्दा घाइतेलाई अस्पताल पु¥याउन ढिलाइ भएको बताएका थिए । घटनास्थल अमेलिया चोकदेखि ७ किलो मिटर उत्तर पर्छ ।


दुर्घटना पछि घटनास्थल पुगेका प्रहरी पोष्ट दमारगाउँका प्रमुख असई आनन्द हितालले तीब्र गतिके अनियन्त्रित भइ सुरुमा पहाडको भित्तामा ठोकेर भिरवाट झन्डै दुई सय ५० मिटर तल खसेको जानकारी दिए ।
दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *