दाङ, कात्तिक १३ । मुगुका एक युवकको मंगलबार दाङमा टिप्परको ठक्करबाट मृत्यु भएको छ ।
मुगु जिल्लाको रुरु गाउँपालिका – ६ का ३३ बर्षीय चित्रबहादुर शाहीको टिप्परको ठक्करबाट मृत्यु भएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत लमहीबाट पूर्व तर्फ जाँदै गरेको रा १ ख १९९८ नम्बरको टिप्परले बिपरित दिशा तर्फ आउँदै गरेको शाही सवार बा ६५ प ६६३३ नम्बरको मोटरसाइकललाई बुलुकी पौने पाँच बजेरित सिसहनियाँको दोलाई खोला नजिकै ठक्कर दिएको थियो ।
प्रहरीले गम्भीर घाइते शाहीलाई उद्धार गरि स्थानीय सिसहनियाँ स्वास्थ्य चौकीमा पु¥याएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले फरककोणलाई जानकारी दिए ।
टिप्पर र चालक प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार