२०८३ असोज २४ गते शनिवार

भालुवाङबाट सशस्त्रका सहायक हवल्दार र जवान यौन दुब्यर्बहार आरोपमा पक्राउ

तुलसीपुर, कात्तिक ८ । भालुवाङबाट सशस्त्र प्रहरीका एक सहायक हवल्दार र एक जना जवान यौन दुब्र्यबहारको आरोपमा पक्राउ परेका छन् ।


भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगरलाई पक्राउ गरि सशस्त्र आँफैले प्रहरीको जिम्मा लगाएको हो ।

उनीहरुलाई बुधबार पक्राउ गरि प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीका केन्द्रीय सहायक प्रबक्ता डिएसपी सैलेन्द्र थापाले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले पनि दुई जना सशस्त्रका ब्यक्तिहरु पक्राउ परेको जानकारी दिए ।

असोज २४ गते बेलुकी पख गण नजिकै पिङ खेल्न गएका एक जना ८ बर्षीया र अर्की १४ बर्षीया बालिकामाथि अपरिचित ब्यक्तिले बलात्कार गरेको भन्दै पीडितका आफन्तले सोही दिन नै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले बलात्कारमा संलग्न ब्यक्ति पहिचान गर्न नसकिरहँदा आक्रोसित स्थानीयले बिरोध पर्दशनहरु थालेका थिए । कात्तिक ७ गते बुधबार मात्रै स्थानीयले भालुवाङ बजार बन्द गराउनुका साथै भालुवाङस्थित सशस्त्र प्रहरीको २९ नम्बर ज्वालामाई गणमासमेत घेराउ गरेका थिए ।


यो भन्दा अघिल्लो बुधबार पीडित ८ बर्षीया बालिकाकाको तर्फबाट अभिभावकले जिल्ला प्रहरीमा जाहेरी दिएका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *