२०८३ मङ्सिर ११ गते बिहिवार

तुलसीपुरमा सर्प महोत्सव

सर्पलाई सत्रुवत ब्यबहार गर्नु गलत भएको बक्ताहरुको जोड

दाङ, कात्तिक ८ । नेकपा माओबादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले सर्पलाई सत्रु मानेर देख्ने बित्रिकै मारिहाल्नु गलत बुझाई भएको बताएका छन् ।


तुलसीपुर उपमहानगरपालिका– ७ स्थित शान्ति उद्यानमा बिहीबारदेखि सुरु भएको तीन दिने सर्प सम्बन्धि मोहत्सवलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रदेश सभा सदस्यसमेत रहेका मास्कीले मानव र वन्यजन्तु बीचको द्धन्दलाई न्यूनिकरण गर्नका लागि नीति तथा कार्यक्रममा समावेश गरि बिभिन्न शिर्षका बजेट बिनियोजन बढाउनु पर्ने बताए ।

त्यस्तै उनले पछिल्लो समय मानिले देख्यो कि मारि हाल्ने र दुश्मन ठान्ने सर्प लगाएत बिभिन्न जीव जन्तुको संरक्षणमा समाजमा सचेतना वा चासो बढ्नु सखुद भएको उनले बताए । परिस्थितियि प्रणाली जोगाइ राख्नका लागि मानिस जस्तै सबै जिवजन्तुको अस्तित्व पृथ्बीमा जरुरी रहेको जोड दिएका थिए ।

कार्यक्रमका बिष्टि अथिति तुलसीपुरका मेयर टीकाराम खड्काले पृथ्बी सबैको साझा थलो भएको हुँदा सबै जीव जन्तुको बाँच्न पाउने अधिकार सुरक्षित गर्न चेतनसिल प्राणीका नाताले बिषेश भूमिका निर्वाह गर्नु जरुरी रहेको बताए ।


जैबिक बिबिधिता जोगाउन सबैको अस्थित्व कायम रहेको बताए । हरेक जीव जन्तुको ब्यबहार बुझेर त्यसको सुरक्षा र संरक्षणमा लाग्न जरुरी रहेको मेयर खड्काले चर्चा गरेका थिए ।
जिल्लामै पहिलो पटक आयाजना गरिएको तीन दिने महोत्सव सफल पार्न उपमहागरले आर्थिक साहेता गर्ने उनले बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव केशबराज केसीले जिल्लामा पहिलो पटक फरक खाले र सर्प संरक्षण महोत्सव लाग्नु निकै महत्वपूर्ण सन्देश भएको बताए ।

‘ हामीले चितवनमा हात्ती महोत्सव लागेको सुनेका थियौं र आज यहाँ सर्प महोत्सव लागेको देख्दा हाम्रो वन्य जन्तु प्रतिको बझाइ थप फराकिलो बनेको अनुभूती भयो, उनले भने ‘ पृथ्बी साझा थलो भएको हुँदा सर्प लगाएत हरेक जीव बाँचेमात्रै मानवको अस्तित्व संभव हुने छ ।,

त्यस्तै नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष शरद रेग्मीले तीन दिने सर्प महोत्वले समाजको सोच परिवर्तन भएको तथ्य खुलेको र यस्ले आन्तरिक पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गरेका थिए ।


तुलसीपुर – ७ का युवा तथा सर्प उद्धार कर्ता प्रभात भण्डारीको पहलमा सर्पबारे ज्ञान चेताना अभिबृद्धी गर्ने उदेश्यका साथ जिल्लामै पहिलो सर्प महोत्व आयोजना गरेका हुन ।

बिगत तीन बर्षदेखि सर्प उद्धार तथा वचाउमा सक्रिय भण्डारी महोत्सवका संयोजक हुन । भण्डारीपनि मानव सर्प लगायत वन्य जन्तु बीचको द्धन्द बढेको हुँदा त्यो न्यूनिकरणमा सहयोग पुगोस भनेर महोत्सव आयोजना गरिएको बताए ।


सर्प बिना मानव अस्तित्व संकटमा पर्ने उनले बताए । सर्प नभए मुसाहरु बढेर मानिसलाई बाँच्नै मुस्किल पर्ने अवस्था सृजना हुन खतरा उनले औंल्याएका थिए । महोत्सवमा आसपासका बिद्यालयबाट कक्षा ८ देखिका बिद्यार्थी सहभागी थिए । महोत्सव सुरु हुनुपूर्व बिभिन्न झाँकी जुलसपनि निकालिएको थियो ।

तस्बिर : फरककोण ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *