दाङ, कात्तिक ८ । सुर्खेतमा बिहीबार बिहान भएको बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
घाइते मध्य दैलेखको ठाँटीकाँध गाउँपालिका–४ का ३५ बर्षीय दीपक शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
गम्भीर घाइते शाहीको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अरु पाँच जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते सबैको कर्णाली केयर अस्पतालमा उपचार जारी छ ।
जुम्लाबाट सुर्खेततर्फ आइरहेको कुल २९ जना सवार कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको बस अनियन्त्रित भइ बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटनामा परेको थियो ।
प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार