दाङ, कात्तिक ७ । गाडी दुर्घटनामा रोल्पामा एक जना दुई दिने सिशुको मृत्यु भएको छ ।
रोल्पाको लुङग्री गाउँपालिका – १ छिउधरका अमृत रोकाकी श्रीमतिले २ दिन अघि मात्रै नबजात सिशुलाई जन्म दिएकी थिइन ।
छोरा जन्मिएपछि उत्साहित रोका दम्पत्ति डबल क्याप गाडी बुक गरि घर तर्फ गइ रहेको समयमा मंगलबार बिहानै भएको गाडी दुर्घटनामा उनीहरुले भरखरै जन्मिएर घरतर्फ लैजाँदै गरेको छोरा घर सम्म पु¥याउन नपाउँदै बाटोमै गुमाएको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार बिहान पौने ५ बजेतिर दाङ भालुवाङ– रोल्पा लिवाङ सडक खण्ड अन्तरगत प्यूठानदेखि सुलिचौर तर्फ जाँदै गरेको लु ३ च १६५६ नम्बरको डबल क्याप बोलेरो रोल्पाको सुनिलस्मृति गाउँपालिका – ४ कागडाँडामा दुर्घटनामा परेको थियो ।
दुर्घटनाका घाइते मध्य रोका दम्पत्तिका नबजात सिशुका उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा बिहान पौने ७ बजेतिर मृत्यु भएको हो ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अरुण तामाङका अनुसार नबजात सिशुको जन्म पछि रोका दम्पत्तिले गाडी बुक गरि घर तर्फ जाँदै गर्दा बाटोमै छोरा गुमाएका हुन ।
उक्त दुर्घटनामा परि गाडी चालक लुङग्री गाउँपालिका – १ छिउधरका ३५ बर्षीय कुलबहादुर बिष्टपनि घाइते छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । चालक बिष्टलाई दाहिने हातमा चोट लागेको छ ।
गाडीमा चार जना मात्रै सवार थिए । छोरा गुमाएका रोका दम्पत्तिको अवस्था भने सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको कारण खुली नसकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
