कैलाली,कार्तिक ५ । दाङकाे घाेराही १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाले कैलाली लम्कीचुहा १ लम्की स्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाकाे अध्ययन अवलाेकन गरेकाे छ ।
२८ बर्ष अघि स्थापित किसान बहुउद्देश्यीय सहकारी संस्थाले गरेकाे राम्रो कार्यकाे सिकाइका लागि कलशका अध्यक्ष माधव खनालकाे नेतृत्वमा गएकाे टाेलीले अवलाेकन गरेकाे हाे ।
साे अवसरमा संस्थाका महा प्रवन्धक डम्बर बहादुर शाहले किसान सहकारीले विपन्न किसानलाई उद्यमशिल हुने किसिमका कार्य गर्दै आएकाे बताए ।
संस्थामा ३०० सय बढी कर्मचारी र ६ अर्व वढीकाे कारेावार रहेकाे जानकारी दिए । संस्थाले अहिले क बर्गकाे बैंकले दिने सबैे सुविधा दिईरहेकाे भन्दै नेपालभर कुनै पनि बैंबाट निःशुल्क पैसा झिक्न मिल्ने गरी एटिएम सेवा समेत सञ्चालन गरिरहेकाे बताए ।
सहकारी संस्थाले किसान एग्राे काेप, किसान सहकारी मार्ट र किसान वित्तिय युनिट गरी ३ वटा परियाेजना मार्फत सुदूरपश्चिमका १२ जिल्लामा ४१ शाखाबाट ८६ हजार सदस्यहरुलाई सेवा दिईरहेकाे र स्थापना कालदेखी हालसम्म १७ कराेड बढी रकम सदस्यहरुकाे सामाजिक सुरक्षाका लागि खर्च भएकाे जानकारी प्राप्त भएको थियाे ।
