२०८३ असार २८ गते आइतवार

फ्रुटीमा लठ्ठीने औषधि मिलाइ होटल सञ्चालकलाई लुटपाट गर्नेहरु पक्राउ

दाङ, कात्तिक ३ । होटेल सञ्चालिका र उनकी दुई नातिनीहरुलाई फ्रुटी तथा मोहीमा लठ्नी औषधि मिसाइ खुवाएर गरगहना तथा नगद लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका – ११ नयाँ बसपार्कस्थित न्यू रारा कर्णाली होटेल सञ्चालिका पार्वती उपाध्याय र उनका दुई नातिनीहरु बिधा र बिनिशा आचार्यलाई मोही र फ्रुटीमा घातक बिषादी मिलाई खुवाई असोज १५ गते राति दुई जना होटेलमा बस्ने पाहुनाले उनीहरुका सुनका गरगहना तथा नगद लुटपाट र चोरी गरि भागेका थिए ।
लुटेराहरुले एक तोलाका सुनका रिङ, आधा तोलाको तिहरी पार्वतीको शरिरवाट र दुई नातिनीको कानवाट चार वटा गरि एक तोलाको सुनका रिङ, नाकको नथिया गरि थप नौं आनाको सुनसेमत गरि २.५ तोला र ९ आनाको सुनका गरगहना लुटेका थिए । साथै उनीहरुले होटेलको काउन्टरमा गइ नगद ३० हजार र अन्य जिन्सी सामानपनि लगेर तत्काल फरार भए ।

असोज १२ गते पाहुना बसेर बस्न आएका कास्की जिल्लाको साबिक धिताल गाउँविकास समिति वडा नं. ९ घर भइ हाल माछापुच्र्छे गाउँपालिका – ६ अस्तम गाउँका
६१ बर्षीय कालु परियार र पोखरा महानगरपालिका – ३ नदीपुरकी ३२ बर्षीया सन्जु कोइरालाले पार्वतीलाई आमाको नाता सम्बन्ध जोडी बिश्वासमा पारेपछि बेहोस हुने औषधि खुवाइ लुटापट गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्म भण्डारीले बताए ।

स्थानीय प्रहरीको समेत सहयोगमा गोप्य अनुसन्धानबाट उनीहरुको पहिचान गरि सकेपछि इलाका प्रहरी कार्यालय कोहलपुरवाट प्रहरी निरीक्षक रेशमलाल पौडेल नेतृत्वमा प्रहरी खोजीका लागि कास्की पुगेर आरोपितलाई नियन्त्रणमा लिन सफल भएको हो ।

पहिला कास्कीको स्थानीय प्रहरीको सहयोगमा कालु परियारलाई असोज ३० गते तनहुँ जिल्लाको देवघाट गाउँपालिका – ५ क्षेत्रीटोलवाट असोज ३० गते पक्राउ परेपछि अर्काे दिन सन्जु कोइरालालाई कास्कीको पोखरा महानगरपालिका– १३ आमलचौरस्थित आफ्नै घर कोठाबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई पक्राउ पछि कोहलपुरमा ल्याइ थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *