२०८३ असोज २४ गते शनिवार

दाजुले चक्कु प्रहार गरि भाइको हत्या गरेको तथ्य उजागर

तस्बिर : फरककोण ।


तुलसीपुर, असोज ३० । दाङको हापुरेमा दाजुले भाइको पेटमा छुरा प्रहार गरि हत्या गरेको तथ्य खुलेको छ ।

३१ बर्षीय दाजु पूर्ण तामाङको छुरा प्रहारबाट सहोदर भाइ २८ वर्षीय अनिल तामाङको मृत्यु हुन पुगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन ।


घटना असोज २९ गते बिहान नौं बजेतिर घटेको हो । घाइते अनिललाई तुलसीपुर ल्याएको केही बेरमै राप्ती प्रादेशिक अस्पतालका चिकित्सकले केही बेरमै मृत घोषणा गरेका थिए ।


यसअघि प्रहरीले अनिलले बुवा सोमार संग सम्पत्ति माग्दै बिबाद झिकेर आँफैले आँफैलाई चक्कु प्रहार गरेको जानकारी दिएको थियो। अनिलको मृत्यु पछि बाबु सोमार र अनिलका दाजु पूर्णलाई नियन्त्रणमा लिइ घटना अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा दाजु पूर्णले नै भाइ अनिलको पेटमा चक्कु प्रहार गरेको तथ्य खुलेको डिएसपी ठकुरीले बताए ।

पश्चिम दाङको बबई गाउँपालिका– ४ हापुरे बजारसिथ्त आफ्नै होटेल भित्र पूर्णले भाइ अनिलको पेटमा चक्कु प्रहार गरेको र झगडा सुनेर भित्र प्रबेश गरेका बुवा सोमारलाई पूर्णले भाइले आँफैले पेटमा चक्कु प्रहार गरेको बताएका थिए ।


भूइमा लडेका अचेत अवस्थाका पूर्णलाई उद्धार गरि तुलसीपुर ल्याएपछि बुवा सोमारले पनि प्रहरीलाई सोही बयान गरेका थिए । तर, घटना अनुसन्धानवाट दाजुले भाइमाथि छुरा प्रहार गरि हत्या गरेको खुलेको डिएसपी ठकुरीले जानकारी दिए ।


पूर्ण बुवा आमा र बहिनी संगै हापुरे बजारमा डोल्मा होटल सञ्चालन गरि बस्दै आएका थिए । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका– ६ नयाँ गाउँमा बस्ने अनिल भने दसैंको समयमा असोज २३ गते मात्रै हापुरे आएका थिए । तामाङ परिवारको घर तथा सम्पत्ति दुबै जिल्लामा छ ।

सोही जग्गाको अंशका लागि अनिलले मंगलबार बिहानपनि मदिरा सेवन पछि घरमा कलह सुरु गरेका थिए । बुवा सोमारलाई मनपरी बोल्नुका साथै आक्रमणको प्रयास समेत गरेको तथ्य अनुसन्धानवाट खुलेको प्रहरी अधिकारीहरु बताउँछन् ।

बाबु माथि भाइले गरेको दुब्र्यबहारका कारण आवेग र उत्तेजनामा आइ दाजुले भाइमाथि चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । हत्या गरिएका अनिलका श्रीमति र एक सन्तान छन् भने हत्या आरोपी पूर्ण भने अबिवाहित रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *