दाङ ,असोज २९ । बाँकेको कोहलपुर नगरपालिका – ८ पिपिरीका ४० वर्षीय चन्द्रबहादुर कामीको हत्या आरोपी रोल्पाका २४ बर्षीय अनिल परियार घटनाको चार दिन पछि मंगलबार बिान पक्राउ परेका छन् ।
बिहान ८ बजेतिर जिल्लाको राप्ती सोनारी गाउँपालिका – १ तीनघारी टोलस्थित भौवा नाकाको एक सौचालमाय लुकिरहेको अवस्थामा फेला पारि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
अनिल भौवा नाकास्थित स्थानीय तिर्थमाली परियारको घर किनारमा रहेको सौचालयमा लुकेर बसेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भटट्ले जानकारी दिए ।
भौवा नाका नेपालबाट भारत प्रबेश गर्ने जंगलको नाका हो ।
चन्द्रबहादुर कामीको टाउको सोमबार मात्रै घटनास्थल भन्दा भन्डै पाँच सय मिटर पर कोहलुपर – ८ स्थित अनिता परियारको घरको सेफ्टििक ट्याङकी भित्र फेला परेको थियो ।
रोल्पाको माडी गाउँपालिका– ६ का बासिन्दा अनिल नाताले बहिनी पर्ने अनिताको घरमा पाहुना पर्न गएका ब्यक्ति हुन ।
घटना अनुसन्धानमा खटिएका इप्रका कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्ट नेतृत्वको १५ जनाको टोलीले सोमबार बिहान अनिल बस्दै आएको र बहिनी नाता पर्ने अनिता परियारको घरमा शंका लागेर पुगेको थियो । अनिताको घर बाहिरको ढकनी लगाइ राखेको सेफ्टििक ट्याङकी खोलेर हेर्दा त्यस भित्र प्रहरीले चन्द्रबहादुरको टाउको र खुर्पा फेला पारेको थियो ।
चन्द्रबहादुरको टाउको बिनाको शरिर प्रहरीले असोज २७ गते बिहान झन्डै १ बजेतिर कोहलपुर – ८ बंगलाचोकस्थित भित्री कच्ची सकड खण्डमा फेला पारेको थियो ।
घटनास्थल भन्दा झन्डै डेढ दुई सय मिटर नजिक सरस्वती चोकमा रहेको सिसी टिभीका फूटेजहरु संकलन गरि प्रहरीले अनुसन्धान थालेको थियो । दसैंको दिन घटना भएकै दिन रातिमा एक युवक लेडिज साइकलमा टाउको जस्तै देखिने केही समान बोकेर गइ रहेको भिडियो फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
सिसी टिभीमा देखिएको साइकल अनिता परियारको घरको आँगनमा फेला परेपछि घटना अनुसन्धान सहज भएको प्रहरी अधिकारीहरु बताउँछन् । पक्राउ परेका अनिल माथि थप सोध पुछ र अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
हत्या गरिएका चन्द्रबहादुर ज्याला मजदुरी गर्ने ब्यक्ति थिए ।